२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बेलौरीको एक इट्टा उद्योगमा खनिएको खाल्डोमा डुबेर ३ वर्षीया बालिकाको मृत्य

  • २०८२ चैत्र २७, शुक्रबार ०५:४१ गते

कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईस्थित एक इँट्टा उद्योगमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। भगवती इट्टा उद्योगमा मजदुरी गर्ने भारतीय नागरिककी ३ वर्षीया छोरीको बिहीबार दिउँसो खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्ला मैलानी घर भई सोही उद्योगमा काम गर्दै आएका सरिफ मोहम्मद र जाहेरा बिबीकी छोरी सायरा बिबी (खुसी) रहेकी छिन्।

हिजो अपराह्न करिब ४ बजेको समयमा बालिका उक्त खाल्डोमा डुबेको अवस्थामा फेला परेकी थिइन्। घटना लगत्तै बालिकालाई उपचारका लागि लैजाने प्रयास गरिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरिएको छ।

मृतक बालिकाको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पोस्टमार्टम गरिसकिएको छ। पोस्टमार्टमपश्चात् शवलाई अन्तिम संस्कारका लागि उनका अभिभावकको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

+ posts
ट्रेण्डिङ