२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

रुख काट्ने क्रममा हाँगा लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • हेल्लो बेलौरी
  • २०८२ चैत्र २८, शनिबार ०८:५२ गते

नुवाकोटको बेलकोटगढीमा रुख काट्ने क्रममा हाँगा लागेर एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा शनिबार बिहान काटेको रुख ढल्ने क्रममा हाँगा लागेर स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भएको हो ।

तामाङ आफ्नै बारीमा रहेको कुटमिरोको रुख काटिरहेका बेला उक्त घटना भएको बाघखोर प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रूपक थापाले जानकारी दिए । उनका अनुसार रुख काट्न सघाइरहेका अन्य दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा बेलकोटगढी नगरपालिका–१० का माधव भुजेल र अरुण तामाङ छन् । उनीहरू अवस्था पनि गम्भीर छ । दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

+ posts
ट्रेण्डिङ