२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com
वडाध्यक्ष पक्राउ

बलत्कारको आरोपमा वडाध्यक्ष पक्राउ

  • हेल्लो बेलौरी
  • २०८३ बैशाख २४, बिहीबार ११:३४ गते

बेलौरी : पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो ।

घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ ।

जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

मंगलबार राति उजुरी परेपछि प्रहरीले कानूनी प्रक्रिया अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Web |  + posts
ट्रेण्डिङ