२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

कुवेत र यूएईमा इरानको आक्रमण

  • हेल्लो बेलौरी
  • २०८२ चैत्र २५, बुधबार १७:४५ गते

इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । १५ दिने युद्धविराम अवधि चलिरहेको बेला इरानले ती राष्ट्रमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार बिहान होर्मुज जलमार्गको उत्तरमा अवस्थित उसको लाभन टापुमा भएको हवाई हमलाको जवाफमा यो कारबाही इरानले बताएको छ। उक्त हमलाले त्यहाँका इन्धन पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

इरानी तेल मन्त्रालयका अनुसार बुधबार बिहान भएको आक्रमणका कारण तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। त्यसपछि इरानले छिमेकी देशका ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको हो । कुवेती सेनाले इरानतर्फबाट प्रहार गरिएका २८ वटा ड्रोन रोकेको जनाएको छ । यद्यपि केही आक्रमणबाट विद्युत केन्द्र र खानेपानी प्रशोधन प्लान्टमा क्षति पुगेको छ ।

संयुक्त अरब इमिरेट्सले पनि आफ्नो हवाई रक्षा प्रणालीमार्फत इरानी मिसाइलहरू रोकेको बताएको छ ।

+ posts
ट्रेण्डिङ