

इजरायलले बेरूतमा बम हमला गरेको छ । सशस्त्र समूह हिज्बुल्लाहका कमाण्डर त्यहाँ लुकेको सूचनाका आधारमा इजरायलले बम हमला गरेको विवरण अलजजिरामा प्रकाशित छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निर्देशनमा त्यहाँ हमला भएको बताएका छन् ।बेका उपत्यकामा भएको हमलामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गत महिना अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच युद्धविराम भएको थियो । उक्त युद्धविरामका बीच इजरायलले लेबनानमा हमला गरेको हो।

इजरायली प्रधानमन्त्री नेतान्याहूले आफ्ना दुश्मन निमिट्यान्न पार्ने चेतावनी दिँदै युद्धविराम उल्लंघन गर्दै हमला गरेका हुन् ।

