२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बेलौरीमा खेलाडीमाथि कुटपिट

  • हेल्लो बेलौरी
  • २०८२ मंसिर २०, शनिबार ०६:४६ गते

 

ज्ञानेन्द्र थापा बेलौरी: बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ। मङ्सिर १५ गतेदेखि बेलौरी नगर खेलकुद समितिको आयोजनामा खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १० का खेलाडी करन पालमाथि कुटपिट भएको हो।

वडा नम्बर १ र १० बीच भइरहेको सेमिफाइनल खेलका क्रममा ‘हेण्ड’ बलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिएका छन्। कुटपिटका कारण पालको टाउको, नाक, आँखा, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको र उनको कैलाली, धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खेलाडीमाथि भएको सामूहिक कुटपिटपछि प्रतियोगिता प्रभावित भएको छ। घाइते पालको उपचारका लागि खेलाडीहरू अस्पतालतिर गएपछि आयोजकले केही दिनका लागि खेल स्थगित गरिएको जनाएको छ।

Web |  + posts
ट्रेण्डिङ