२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

पुनर्वासमा धानको थ्रेसरमा कपाल बेरिएर एक महिला गम्भीर घाइते

  • हेल्लो बेलौरी
  • २०८२ आश्विन २५, शनिबार १५:०२ गते

ज्ञानेन्द्र थापा बेलौरी : पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् ।

शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको स्थानीयले बताएका छन् ।

घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

Web |  + posts
ट्रेण्डिङ