२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

पुनर्वासमा थ्रेसरबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

  • हेल्लो बेलौरी
  • २०८२ आश्विन २६, आईतवार १६:४० गते

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा गम्भीर घाइते भएकी अन्दाजी ४५ वर्षीय भगवती थापाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो

गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको थियो।

घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको थियो।घाइते थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Web |  + posts
ट्रेण्डिङ