२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

डोटी घर भएका असइले गरे चार महिने छोराको हत्या, पत्नीमाथि पनि आक्रमण

  • हेल्लो बेलौरी
  • २०८२ मंसिर २२, सोमबार ११:५८ गते

बेलौरी : डोटी घरमा भएका एकजना असइमाथि आफ्नै चार महिने छोराको हत्या गरेको अभियोग लागेको छ । चार महिने छोराको विभत्स तरिकाले हत्या गरी श्रीमतीलाई समेत कुटपिट गरेको आरोपमा डोटीको शिखर नगरपालिका–५ का पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् ।

उनी प्रहरी जवान रहेकी श्रीमती विस्ना साउदसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । सिनामंगलमा डेरा गरी बस्ने कार्कीको छोरा जन्मजात ब्रेन ट्युमरको बिरामी भएको बताइएको छ । उपचारमा रकम अभाव भएपछि उनीहरूले आफन्त र साथीभाइबाट सहयोग जुटाइरहेका थिए ।

पत्नी विस्नासँग छोराको विषयलाई लिएर सामान्य भनाभन भएको बताइएको छ । सोही क्रममा उनले अन्धाधुन्ध चक्कु प्रहार गरी खाटमा सुतिरहेका छोराको घाँटी रेटेको र पत्नीले प्रतिवाद गर्दा उनलाई पनि आक्रमण गरेको बताइएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेकी विस्ना महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पतालको आईसीयूमा उपचाररत् छिन् । पुष्करले गतवर्ष मात्रै बिहे गरेका थिए ।

Web |  + posts
ट्रेण्डिङ