

ज्ञानेन्द्र थापा बेलौरी : गय राती बेलुकी बेलौरी वडा नम्बर 1 उभिया फाँटामा अवस्थित कालिका मन्दिर, हनुमान मन्दिर, राम सिता मन्दिर र शिव मन्दिरका घण्टीहरू चोरी भएको छन ।

यस स्थानमा भएको यो पहिलो घटना भने हैन । यहा बारम्बार चोरी सँगै मन्दिरहरु पनि तोडफोड गरेका घटनाहरु यथावत नै छ ।प्राकृतिक सम्पदाको संरक्षण गर्ने हामी सबै कर्तव्य हो।

उक्त घण्टीहरू यदि कसैले बेच्न लगेको अथवा कतै लैजान लागेको देखेमा यस शिवहरि सामुदायिक वन समिती, प्रहरी चौकी अथवा वनका अध्यक्ष तेज बहादुर खड्कालाई सम्पर्क गरिदिनु होला। साथै मन्दिर समितिलाई सम्पर्क गरि गोप्य रुपमा जानकारी गराउनु होला ।

कसैले खबर गरेमा यस शिवहरी सामुदायिक वन समितिले उचित पुरस्कारको व्यवस्था पनि गरेको छ ।
नोट:- जानकारी दिने व्यक्तिको नाम गोप्य राखिनेछ।
सम्पर्क नं.= 9704962673, 9806467843, 97071410 42, 9812754170

