२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

ललितपुरमा छुरा प्रहार गरी दाजुभाईको हत्या

  • हेल्लो बेलौरी
  • २०८२ चैत्र २५, बुधबार १७:२२ गते
ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।

हत्यामा संलग्न संजीव नेपालीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिर्जनले अर्काे व्यक्तिको नम्बर ठानेर डायल गर्दा संजीव नेपालीको नम्बरमा फोन गएको थियो। त्यही विषयमा उनीहरूबिच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू पाटन दरबार क्वायरमा जम्मा भए। जहाँ विवाद बढेपछि संजीवले छुरा हानेका हुन्।
गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारको क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको हो। परिवार लन्डनमा भएकाले उनीहरू पनि त्यतै जाने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।
+ posts
ट्रेण्डिङ