२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

निर्वाचन समिति गठन गर्ने तयारीमा नेपाली युथ युनियन क्रोएसिया

  • हेल्लो बेलौरी
  • २०८३ आश्विन १, बिहीबार १०:०८ गते

ज्ञानेन्द्र थापा क्रोएसिया : नेपाली समुदायबीच सामाजिक सेवा, सहयोग र आपसी सहकार्यलाई प्राथमिकता दिँदै स्थापना भएको नेपाली युथ युनियन क्रोएसियाले निर्वाचन समिति गठन गर्ने तयारी थालेको छ।

सन् २०२६ जुन २१ मा स्थापना भएको युनियनले क्रोएसियामा रहेका नेपालीहरूलाई आवश्यक सहयोग तथा सामाजिक सेवाका विभिन्न गतिविधिमा सहकार्य गर्दै आएको जनाएको छ। हाल संस्था ओम कुमार साउदको नेतृत्वमा सञ्चालनमा रहेको बताइएको छ।

युनियनले दुःख तथा समस्यामा परेका नेपालीहरूलाई उद्धार तथा आवश्यक सहयोग गर्ने, सामाजिक सेवामा योगदान पुर्‍याउने, नेपाली भाषा तथा संस्कृतिको संरक्षण र विकासमा सहयोग गर्ने तथा खेलकुदलगायतका गतिविधिमार्फत नेपाली समुदायलाई जोड्ने उद्देश्य राखेको जनाएको छ।

मानवीय तथा सामाजिक सहयोगमा सक्रिय

स्थापनापछि युनियनले विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहकार्य गरेको जनाएको छ। विशेषगरी क्रोएसियामा निधन भएका दुई नेपालीको शव नेपाल पठाउने कार्यमा आर्थिक सहयोग गर्नुका साथै अन्य नेपाली संघ–संस्थासँग हातेमालो गर्दै सहयोगका गतिविधि सञ्चालन गरिएको बताइएको छ।

त्यस्तै, क्रोएसियामा कानुनी प्रक्रियासम्बन्धी समस्यामा रहेका तीन जना व्यक्तिलाई कानुनी बाटोमार्फत आफ्नो स्थिति वैधानिक बनाउन सहयोग गरिएको युनियनको भनाइ छ।

युनियनका अनुसार, मुटुसम्बन्धी समस्या भएकी सरिता तामाङसँग सम्बन्धित आर्थिक विषयमा समेत पहल गरिएको थियो। बिचौलियामार्फत लिइएको रकम फिर्ता गराउन आवश्यक समन्वय तथा पहल गरिएको र रकम फिर्ता गराउन सफल भएको संस्थाले जनाएको छ।

1

सदस्यताका लागि सबै नेपालीलाई खुला गर्ने तयारी

युनियनले हालसम्मको संगठनात्मक संरचना र आगामी कार्यदिशाबारे छलफल गर्दै निर्वाचन प्रक्रियालाई अघि बढाउने तयारी गरिरहेको जनाएको छ। आगामी निर्वाचनका लागि आवश्यक निर्वाचन समिति गठन गर्ने विषयमा तयारी भइरहेको बताइएको छ।

सदस्यता प्रक्रियालाई पनि व्यवस्थित बनाउँदै आगामी दिनमा क्रोएसियामा रहेका इच्छुक नेपालीहरूलाई संस्थासँग जोड्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

युनियनले सामाजिक सेवा, नेपाली संस्कृति, खेलकुद तथा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिँदै संस्थालाई थप व्यवस्थित र सहभागितामूलक बनाउने लक्ष्य राखेको जनाएको छ।

निर्वाचन समिति गठनसँगै संस्थाको आगामी नेतृत्व चयन तथा संगठन विस्तारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

Web |  + posts
ट्रेण्डिङ