२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

कामतिलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको प्रहरी दिवस

  • २०८१ कार्तिक २, शुक्रबार १०:११ गते

कामतिलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको प्रहरी दिवसको अवसरमा जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरी नायव उपरीक्षक कामतिलाई पुरस्कृत गर्नु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामा उत्कृष्ट काम गर्ने विभिन्न तहका प्रहरी मध्यबाट जुम्लाका प्रहरी नायव उपरीक्षक कामति पुरस्कृत हुनु भएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईका अनुसार पुरस्कृत हुने ५ जना मध्य ४ जनाको नगद पुरस्कार भौतिक रुपमा र जुम्लाका प्रहरी नायव उपरीक्षक कामतिको पुरस्कार जिल्ला पठाईएको थियो । उहाँले नगद पुरस्कृत हुने कर्मचारीले उत्कृष्ट काम गरेको बताउनुभयो ।

प्रदेश प्रहरीले पुरस्कृत हुने कर्मचारीले जिम्मेवाली प्रति ईमान्दार, लगनशिल एवं कर्तब्यनिष्ठ रही उल्लेखनीय कार्य गरेको भन्दै नगद सहित पुरस्कृत गरिएको छ ।

+ posts
ट्रेण्डिङ