२०८३ कार्तिक १५, शनिबार १५:२३ गते
हेल्लो बेलौरी
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

क्रोएसियामा नेपाली चलचित्र ‘बेहुली’ को विशेष प्रदर्शन हुँदै

  • हेल्लो बेलौरी
  • २०८३ कार्तिक १५, शनिबार १५:२३ गते

ज्ञानेन्द्र थापा क्रोएसिया : क्रोएसियामा रहेका नेपाली चलचित्रप्रेमीहरूका लागि खुसीको खबर! चर्चित नेपाली चलचित्र ‘बेहुली’ आगामी नोभेम्बर १ (आइतबार) क्रोएसियाको सेस्भेटेमा विशेष प्रदर्शन हुने भएको छ।

लामा डिजिटल एन्ड ट्राभल्स र लामा होस्टेलको सहकार्यमा आयोजना हुन लागेको चलचित्रको प्रदर्शन National University, Sesvete मा हुनेछ।

 

🎬 दुईवटा विशेष शो:

 

– पहिलो शो: दिउँसो १२:३० बजे

– दोस्रो शो: दिउँसो ४:३० बजे

 

🎟️ टिकट मूल्य: १० युरो

 

चलचित्र हेरेपछि टिकटको अर्धकट्टी देखाएर लामा डिजिटलबाट सामान खरिद गर्दा १०% छुटसमेत पाइने आयोजकले जनाएको छ।

पारस बम ठकुरी (Cool Boy), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ र सरिता गिरीलगायत कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा पारिवारिक सम्बन्ध, अनपेक्षित घटना र साँचो प्रेमको कथा प्रस्तुत गरिएको छ।

नेपाली कला, संस्कृति र मनोरञ्जनलाई प्रवासमा पनि जीवन्त राख्ने उद्देश्यसहित आयोजना हुन लागेको यस विशेष प्रदर्शनमा क्रोएसियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेका छन्।

प्रवासमा नेपाली चलचित्रको मज्जा लिन नछुटाउनुहोस्!

Web |  + posts
ट्रेण्डिङ