

बेलौरी : फागुन २ गते कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ स्थित तल्लोपानीको नवप्रगतिशील सामुदायिक वन क्षेत्रमा एक अन्दाजी २५ वर्षीया युवती मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको करिब दुई महिना पुग्न लाग्दा पनि उक्त शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। प्रहरीका अनुसार युवतीको शव मुख जलेको अवस्थामा भेटिएको थियो, जसले पहिचान प्रक्रिया अझ जटिल बनाएको छ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको नेतृत्वमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको अर्को टोली पनि परिचालित गरिएको थियो। घटनाको सूक्ष्म अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो।
![]()
तर, हालसम्म पनि मृतकको पहिचान खुल्न नसक्दा अनुसन्धानमा चुनौती थपिएको प्रहरीको भनाइ छ।

