२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बेलौरीका प्रमुख प्रशासकीय अधिकृत बुढाथोकी विरुद्ध ३ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दर्ता

  • हेल्लो बेलौरी
  • २०८२ फाल्गुन २४, आईतवार ०७:१८ गते

ज्ञानेन्द्र थापा बेलौरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत रहँदा संगठित रूपमा भ्रष्टाचार गरेको अभियोगमा कञ्चनपुरको बेलौरी नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी विरुद्ध फागुन १४ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

बुढाथोकीले यातायात कार्यालयको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षामा बदनियत राखी आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुलेको आयोगले बताएको छ । आयोगले बुढाथोकी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ करोड ७८ लाख २ हजार ६१७ रुपैयाँ विगो कायम गरी कैद र विगो बमोजिमको जरिवानाको मागदाबी लिएको छ ।

यस संगठित भ्रष्टाचार प्रकरणमा बुढाथोकी लगायत ३३ जनालाई प्रतिवादी बनाइएको छ, जसमा यातायातका कर्मचारीहरू, ट्राफिक प्रहरीका निरीक्षक पुष्कर राज पन्तसहितका सुरक्षाकर्मी र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरू संलग्न रहेको आरोपपत्रमा बताईएको छ।

हाल बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेकै अवस्थामा मुद्दा दायर भएसँगै बुढाथोकी प्रचलित कानुन बमोजिम आफ्नो पदबाट स्वतः निलम्बनमा परेका छन्।

यस विषयमा बेलौरी नगरपालिकाका प्रवक्ता हर्क बहादुर भुलसँग जानकारी लिँदा उनले आफू यस विषयमा अनभिज्ञ रहेको बताएका छन्।

+ posts
ट्रेण्डिङ