२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com
पाँच लाख ५२ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

बेलौरीमा अवैध कुखुरा सहित चारवटा मोटरसाइकल बरामद

  • हेल्लो बेलौरी
  • २०८३ जेष्ठ १२, मंगलवार १५:५८ गते

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलौरीमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको चार क्विन्टल बोइलर कुखुरा र ढुवानीमा प्रयोग भएका चारवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

 

इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान साढे छ बजे बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवा स्थित क्षेत्रबाट उक्त सामानहरू नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा छाडिएका मोटरसाइकल र बोइलर कुखुरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीरसिंह धामीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बरामद गरिएको चार क्विन्टल बोइलर कुखुराको अनुमानित बजार मूल्य एक लाख ५२ हजार रुपैयाँ रहेको छ। त्यस्तै, कुखुरा ढुवानीमा प्रयोग गरिएका से २ प ४४७६, म १ प २३८७, से २ प ८३१२ र म १ प ५०६४ नम्बरका चारवटा मोटरसाइकलको अनुमानित मूल्य चार लाख रुपैयाँ तोकिएको छ।

बरामद गरिएका मोटरसाइकल र कुखुरासहित जम्मा पाँच लाख ५२ हजार रुपैयाँ बराबरको अवैध सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा ल्याएर राखिएको छ।

बरामद गरिएका कुखुराहरूलाई सरोकारवाला निकाय, पशु क्वारेन्टाइन, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीहरूको रोहवरमा कार्यालय परिसरको खाली जमिनमा खाडल खनेर पुरेर नष्ट गरिएको छ।

Web |  + posts
ट्रेण्डिङ