२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com
नगरपालिकाले दियो बिदा

बेलौरीको गंगादशरा मेलामा आइटम डान्स हुने, नगरपालिकाले दियो बिदा

  • हेल्लो बेलौरी
  • २०८३ जेष्ठ ११, सोमबार १६:४७ गते

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका –५ भकुण्डामा आजदेखि गंगादशरा मेला सुरु भएको छ । हरेक वर्ष ज्येष्ठ महिनाको दशमी तिथिका दिन लाग्ने मेला सोमबारबाट सुरु गरिएको हो ।

आजदेखि सुरु भएको मेला जेठ १५ गतेसम्म भकुण्डा स्थित नक्टाबाबा (कालेश्वर मन्दिर) मा लाग्ने गर्दछ । बेलौरीकै ऐतिहासिक धार्मिक पर्यटकीय स्थलमा भारत सहितका आन्तरिक हजारौँ मानिसहरू मन्दिर दर्शन गर्न आउने गर्दछन् ।

 

 

 

मेलामा ४ सय भन्दा बढी विभिन्न प्रकारका स्टलहरू राखिएको छ । साथै मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम सँगै विभिन्न खेलहरू खेलाइने गरिन्छ ।

धार्मिक पर्यटकीय स्थलमा यसभन्दा अघिल्ला वर्षहरूमा विवादित बनेको आइटम डान्स पनि हुने मेला आयोजकले जनाएको छ । मेला आइटम डान्स हुने तर अघिल्ला वर्षमा जस्तो अश्लील गीतमा नृत्य नहुने कालेश्वर मन्दिर समितिका अध्यक्ष विश्राम रानाले बताए ।

उनका अनुसार यस वर्ष मेलामा भने जुवा तास, ट्याटु खोप्ने, माछा मासु बिक्री वितरण पुर्णरुपमा प्रतिबन्ध गरिएको छ । मेला कै अवसर पारेर बेलौरी नगरपालिकाले भोलि जेठ १२ गते सार्वजनिक बिदा समेत दिएको छ ।

Web |  + posts
ट्रेण्डिङ