२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com
१९ सदस्यीय कार्यसमिति गठन

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न

  • हेल्लो बेलौरी
  • २०८३ जेष्ठ ११, सोमबार २०:३३ गते

क्रोयसिया — रोजगारी तथा विभिन्न शिलशिलामा क्रोयसिया पुगेका स्याङ्जालीहरूको साझा संगठन स्याङ्जा समाज क्रोयसिया को पहिलो अधिवेशन हिजो, मे २४, २०२६ का दिन क्रोयसियाको राजधानी जाग्रेबमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले चेतनाथ खनालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा भीम गुरुङ र अनिल खाती चयन भएका छन् भने महिला उपाध्यक्षमा शान्ती गुरुङ चयन भएकी छन्।

त्यसैगरी महासचिवमा ईश्वर खड्का, सचिवमा सागर नेपाली, कोषाध्यक्षमा मनोज नेपाली, सह–कोषाध्यक्षमा रामु गहतराज तथा प्रवक्तामा मनोज पौडेल चयन भएका छन्।

समितिको सदस्यहरूमा अनिल सेन्चुरी, प्रकाश गैह्रे, अन्कित मल्ल ठकुरी, गोपाल रिमाल, सुजन पोख्रेल, टेक बहादुर बि.क., प्रेम बहादुर बि.क., सन्तोष बि.क., निर्मला गुरुङ र भानु गैह्रे लगायतका १९ सदस्यहरू रहेका छन्।

त्यसैगरी अधिवेशनले सल्लाहकारमा पितम गुरुङ, राज बि.क. र विकास गुरुङ चयन गरेको छ भने संस्थाको संरक्षकमा तदर्थ समितिका संयोजक तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ओमप्रकाश पोख्रेललाई चयन गरेको छ।

जनवरी २५, २०२६ मा गठन गरिएको तदर्थ समितिको आयोजनामा सम्पन्न अधिवेशन तथा दोस्रो भेलाले संस्थाको विधान २०२६ समेत सर्वसम्मत रूपमा पारित गरेको हो।

क्रोयसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार तथा खेलाडीहरूको करिब ८० जनाको सहभागिता रहेको कार्यक्रममा नेपाली परिकारसहितको बनभोज, सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको थियो।

तदर्थ समितिका संयोजक ओमप्रकाश पोख्रेलका अनुसार कार्यक्रम सौहार्दपूर्ण, सफल र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

Web |  + posts
ट्रेण्डिङ