

बाँके– प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्।
शान्तिपूर्ण रूपमा सम्पन्न कार्यक्रममा उनले समावेशी लोकतन्त्र, विकास र जनहितप्रति प्रतिबद्धता व्यक्त गर्दै ‘आँखा’ चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गरिन्।

