२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बेलौरीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

  • हेल्लो बेलौरी
  • २०८२ कार्तिक ३, सोमबार ०९:१६ गते

ज्ञानेन्द्र थापा बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ को पुष्पलाल सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट सोमबार एक वृद्धको मृत्यु भएको छ।

नगरपालिका वडा नम्बर ३ बुटावारी बस्ने करिब ६५ वर्षीय श्रीप्रसाद आचार्य सोमबार बिहान पुष्पलाल सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक वीरबहादुर धामीका अनुसार आचार्यको शव बेलौरी–कलुवापुर सडक खण्डबाट करिब सय मिटर भित्र क्षतविक्षत अवस्थामा फेला परेको बताउनुभयो।घटनास्थल नजिकै मृतकको साइकल भेटिएको र शवको पहिचान भई पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ। घट्ना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

सो क्षेत्रमा करिब एक महिनादेखि हात्तीको बथान देखा पर्न थालेको उक्त क्षेत्रमा जङ्गली हात्ती आतंक बढ्दै गएको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष साइटु कुमार चौधरीले बताउनुभयो।

Web |  + posts
ट्रेण्डिङ