२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बेलौरीमा Gen-Z को अल्टिमेटम: ‘माग पूरा नभए कडा कदम चाल्ने

  • हेल्लो बेलौरी
  • २०८२ आश्विन ५, आईतवार १६:३७ गते

ज्ञानेन्द्र थापा  बेलौरी :  बेलौरीमा ‘Gen-Z बेलौरी’ ले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आईतबार नगरपालिकालाई अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ। पटक-पटक विभिन्न समस्याहरूबारे ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै उक्त समूहले आज नगर प्रमुखको कार्यालयमा एक ज्ञापनपत्र बुझाएको हो।

“बेलौरी नगरपालिका भित्रका समस्या र अवस्था सम्बन्धमा यसअघि पटक-पटक ध्यानाकर्षण गराइसक्दा पनि आवश्यक कार्यान्वयन नभएको हुँदा यो अन्तिम अल्टिमेटम जारी गरिएको छ,” Gen-Z बेलौरी तथा समर्थकहरूद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा समूहले आफ्ना तोकिएका माग तथा कार्यहरू तत्काल कार्यान्वयन गर्नुपर्ने पहिलो शर्त राखेको छ। यदि यस पटक पनि मागहरूको बेवास्ता गरिएमा आफूहरू ‘कडा कदम’ चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी बेलौरी नगरपालिकाले नै लिनुपर्ने चेतावनी दिइएको छ।

पत्रमा भनिएको छ, “यसपछि पनि बेवास्ता गरिएमा GenZ बेलौरी तथा समर्थक बाध्य भएर कडा कदम चाल्नेछन्। यसको सम्पूर्ण जिम्मेवारी बेलौरी नगरपालिका आफैँले लिनुपर्नेछ।”

Web |  + posts
ट्रेण्डिङ