
लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठपर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ व्रत समापन हुन्छ।

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन्। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको हो।
सूर्य भगवानलाई अर्घ्य दिन तराई मधेस सहित काठमाडौंका नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाटलाई विशेष रुपले श्रृंगारिएका छन्।
मूख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी, कामिनी सर, रत्नसागर लगातका पोखरीलाई सजाएर झकिझकाउ बनाइएको छ।