Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ

hello belauri २०७९, ११ श्रावण बुधबार २२:४५ मा प्रकाशित

सुर्खेत समाचारदाता

बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

स्थानीय अविनास नेपाली र टेकेन्द्र नेपालीलाई मंगलबार साँझ सात बजेको समयमा कुशे गाउँपालिका ५ बाटुले स्थित बाटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

साउन ९ गते विहान ७ बजेको समयमा आफ्नै निवासमा बसिरहेका वडाध्यक्ष महतारा माथि खुकुरी प्रहार गर्नुका साथै निर्घात कुटपिट गरी उनीहरु फरार भएका थिए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत जाजरकोटमा ज्यान मार्ने उद्योग कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घाइते वडाध्यक्षको टाउकोमा सात वटा टाँका लागेको र हाल कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

खुकुरी प्रहार पक्राउ

लोकप्रिय समाचार
धेरै पढिएको