
साउन -११, बुटवल
दैलेख चामुन्डा बिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई २६ वर्षीया आरोपी निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउन आग्रह गरेकी थिइन् ।
प्रहरीका अनुसार घटनाको थप अनुशान्धान भईरहेको जनाइएको छ ।