Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

पाहुना बनेर घरमा आएका व्यक्तिले गरे ५ बर्षे बालिका माथि बलात्कार

hello belauri २०७९, ११ श्रावण बुधबार ०९:४० मा प्रकाशित

साउन -११, लालझाडी

जबर्जस्ती करणीको आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको  छ ।

कंचनपुरको लालझाडी गाउपालिका वडा नम्बर २ कुसुवा बस्ने ५५ वर्षिय राम दत्त रानालाई प्रहरीले बालिकालाई जबरजस्ती करणीको आरोपमा  पक्राउ गरेको हो । रानालाइ लालझाडी गाउँपालिका वडा नम्बर २ कन्ज बस्ने  ५ वर्षीय वालिकालाइ सोमबार  मध्यान्न  १२ बजे जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दान सिंह भन्डारीले बताउनु भयो  ।

पीडित परिवारले घटनाको लगतै प्रशासन लाइ  मौखिक जानकारी गराएका थिए । प्रहरी निरीक्षक भन्डारी भन्नुहुन्छ  “पीडितले मौखिक जानकारी गराउना साथ आरोपी लाई पक्राउ गरेका छौ , आज लिखित निवेदन आउँछ । मेडिकलको लागि सेती प्रादेशिक अस्पतालमा पठाएका छौ । ” थप अनुसन्धान गरिरहेको निरीक्षक भन्डारीले बताउनु भयो  । ९ गते पाहुना बनेर घरमा आएका रानाले घरमा कोहि नभएको बेला बालिकालाइ करणी गरेका हुन । राना नातामा बालिकाको हजुराबुबा पर्छन् ।

 

बलात्कार

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको