Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

सल्यानमा टिकटकले बनायो एक जना बेपत्ता

hello belauri २०७९, १० श्रावण मंगलवार १८:३५ मा प्रकाशित

साउन -१०, सल्यान

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएको जानकारी दिनुभयो । उहाका अनुसार बेपत्ता भएका बस्नेतको घर कपुरकोट गाउँपालिकाको सिनवाङ भएकोथाहा भएको छ  । ‘मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । बस्नेतकाे अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको खड्काले बताउनुभयो  । उहाका अनुसार प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको छ ।

सुर्खेत रिपोर्टर

टिकटक बेपत्ता

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको