Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बेलौरीमा अबैध कारोबार निर्मुलिकरणका लागि एकदिवसीय नेपाल भारत मैत्रीपुर्ण  कार्यक्रम संम्पन्न

hello belauri २०७९, ८ श्रावण आईतवार २०:२२ मा प्रकाशित

साउन -८, बेलौरी

नेपाल र भारतका स्थानीय जनप्रतिनिधि ,सुरक्षाकर्मि , स्थानियको बीच सिमा क्षेत्रमा हुने सबैखाले अबैध कारोबार निर्मुलिकरणका लागि एकदिवसीय नेपाल भारत मैत्रीपुर्ण परिचयात्मक  कार्यक्रम गरिएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १०को सहयोगमा सिद्देस्वर जय पृथ्वी क्लबले कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो समय खुल्ला सिमा भएर बाट दिनप्रतिदिन लागु औषध लगयात अन्य अबैध गतिविधि दिनप्रतिदिन बढिरहेको छ । विशेष गरि लागुऔषध सिमापारि बाट आउने गर्छ  , यसलाई निर्मुलिकरण कसरी गर्न सकिन्छ?? क्लबका अध्यक्ष पदम शाहले भने ” यस ठाउँ लागू औषधको भयाभय अवस्था आइसक्यो , यसलाई न्यूनीकरण गर्न दुबै देशका जनप्रतिनिधि , स्थानीय लगायत सुरक्षाकर्मिले चिन्तन गर्ने बेला आइसक्यो ।” बर्तमान समयमा लागुऔषध नियन्त्रण ,न्यूनीकरण गर्न प्रहरी , समुदाय र राष्ट्रको ठूलो चुनौती रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक पातलिले बताउनु भयो  ।’यहाको समाज , सस्कृती भुगोल बुझ्न नपाउदै प्रहरीको सरुवा भइसक्छ ।’, यहाको समाज सस्कृती ,के भैरहन्छ ? सबै स्थानीयले नै बुझेका हुन्छन । ” यो समस्या समाधान गर्न उहाँहरुकै विशेष योगदान चाहिन्छ ।

प्रहरी निरीक्षक दिपक पातलि भन्नु हुन्छ  “नेपालभरि तथ्यांक अनुसार सार्वजनिक अपराध कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता हुन्छ्न, तर बेलडाडिमा अन्य ठाँउ भन्दा दोब्बर मुद्दा लागुऔषधको रहेको छ ।यसै आर्थिक वर्षमा हेर्ने हो भने सार्वजनिक अपराध कसुरमा ७ वटा मुद्दा दर्ता भएको छ भने ११ वटा मुद्दा लागुऔषध बिरुद्ध परेको छ  । कार्यक्रममा बेलौरी नगरपालिका ८,९ र १० र बेलडाडी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष , ससस्त्र प्रहरीको बि ओ पि भुडा ,पचुइ र झिलमिलाका ससस्त्र प्रहरी निरीक्षकको सहभागीता थियो । कार्यक्रममा सिमावर्ती बम्मनपुर भगिरथ ग्राम पन्चायतका प्रधान गुरुदेव सिंह लगायत स्थानीयको उपस्थिती रहेको थियो ।उपस्थित सबैले लागुऔषध तथा सिमामा हुने अबैध गतिविधि न्यूनीकरण गर्नुपर्नेमा एक्यवद्धता जनाएका छन ।

लागुऔषध सिमाक्षेत्र

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको