
साउन -७, पुनर्बास- ११,
सेवा नै मेरो धर्म हो भन्ने मूल नाराका साथ पुनर्बास ११ का एक अटो व्यवसायीले सेवाको कार्य थालनी गरेका छन् ।
पुनर्बास ११, अमरबस्ती स्थाई बासोबास गर्ने मेघ नाथ न्यौपाने ले आफ्नो अटोमा ७० वर्ष नाघेका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लाइ यात्रा गर्दा लाग्ने भाडादरमा ५० प्रतिशत छुट र गर्बवती महिला लाइ प्रसव पिडा भएको अवस्थामा अस्पताल निशुल्क पुर्याउने भएका छन् । अहिले को २१ औ सताब्दिमा आएर यसरि जनताको सेवामा समर्पित हुने व्यक्ति हरु हामीले बिरलै देख्ने गरेका छौ । उनको यो कदमले समाजमा सेवा मुलक भाव को बिकास हुने र अन्य अटो व्यवसायी हरुलाई पनि सेवा गर्नु पर्छ भन्ने धारणाको बिकास हुने देखिन्छ ।
उनको भनाइ अनुसार मैले कुनै व्यक्तिगत स्वार्थ को लागि न भएर आफ्नो गाउ को सेवा र बिकास को लागि यो कदम चालेको र यो कार्य ले हामि भन्दा पछी को पिढीलाई समाज सेवा र बिकास को काम हामि ले नै गर्नु पर्छ भन्ने ज्ञान दिनको लागि यो कदम चालेको हुँ
` उनको भनाइ छ ।
सम्पर्क : ९८०४६३८३४० – मेघ नाथ न्यौपाने