Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

बेलौरी-१० मा बिजुलिका तार लत्रिदा  दुर्घटना हुने जोखिम बिधुत प्रशासन मौन

hello belauri २०७९, ६ श्रावण शुक्रबार २०:१२ मा प्रकाशित

साउन -६, बेलौरी

किसानका खेतबारी मा परेका  विद्युत सप्लाइका  बिजुलिका तार लत्रिदा  दुर्घटना हुने जोखिम बढेको छ ।

बेलौरी नगरपालिका वडा नम्बर १० मा बिजुलीका तार लत्रिदा  उखु खेतिमा  छुन थालेका छन । उखुमा तार छोइदा खेतमा काम गर्न जादा दुर्घटनाको जोखिम बढेको हो । लत्रिएका तारको व्यवस्थापन गर्न बेलौरी बितरण केन्द्रका प्रमुख लाइ  फोन गर्दा फोन नै नउठाउने गरेको बेलौरी नगरपालिका वडा नम्बर १० का हरिश पन्तले जानकारी दिए  । पन्तले भने ” विद्युतका तार झुल्लिएर खेतमा लगाइएका उखुमा छोइन थाले , खेतमा काम गर्न जान सकिदैन । दुर्घटना हुने जोखिम छ , विद्युत कार्यालयमा फोन गर्दा फोन उठदैन ।” धेरै ठाउमा त विधुतिय खम्बाहरु  जिर्ण अवस्थामा छन । खम्बाहरुको व्यवस्थापन गर्न पन्तले विद्युत प्राविधिकरण बेलौरीलाई आग्रह गरे । खेतबाट भएको विद्युत सप्लाइलाई सडक छेउमा सार्ने व्यवस्था मिलाउन प्रवधिकरणलाइ बेलौरी नगरपालिका वडा नम्बर १० का हस्त बाहदुर चन्दले आग्रह गरे ।

बेलौरी नगरपालिका वडा नम्बर १० मा ५/६ ठाउँमा मर्मत गर्नुपर्ने बेलौरी वितरण केन्द्रका प्रावधिक राम प्रवेश रानाले वताए । तार झुल्लिएको ठाउको डाटा बेलौरी वितरण केन्द्रलाई बुझाइएको छु। रानाले भने ” मर्मत गर्नु पर्ने ठाउको डाटा बुझाएको छु,ठेक्का मार्फत मर्मतको काम हुने हो ।” मर्मतको जिम्मा कुन कम्पनीले पाएको प्राबिधिकलाई जानकारी छैन । बर्खा मौसमका कारण ठेकेदारले काम नगरेको बुझिएको रानाले बताए। कहिलेबाट काम शुरु हुन्छ मलाइ केहि थाहा भएन ?? उनले भने।

बेलौरी रिपोर्टर


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको