
साउन -५ , बेलौरी
बेलौरी नगरपालिकाले कालो पोलिथिन ब्याग प्रयोगमा प्रतिबन्ध लगाइरहेको छ ।
असार २९ गते नगरपालिकाले श्रावण १ गतेबाट कालो पोलिथिन ब्याग प्रयोगमा प्रतिबन्ध लगाउने सुचना प्रकाशित गरेको थियो । जस अनुसार नगरपालिकाले काम शुरु गरिरहेको छ । बुधबारबाट नगरमा आउने हरुलाइ जानकारीको लागि लालझाडि र बेलौरी, पुनर्वास र बेलौरी , बुटावारी र बैशाखा भन्सार नजिक ‘कालो पोलिथिन ब्याग निषेधित नगरपालिका’ लेखिएको साइन बोर्ड लगाइएको छ । नगरपालिकाले कालो पोलिथिन ब्याग प्रयोगमा प्रतिबन्ध लगाइरहेको निर्णय स्वागतयोग्य रहेको बेलौरी नगरपालिका वडा नम्बर १० का मासु व्यावसायि बिक्रम थापाले बताउनुभयो । उहाको भनाइ अनुसार ” निर्णय स्वागतयोग्य छ , कार्वन्यन हुनुपर्छ । विकल्प पनि दिनुपर्छ । ग्राहकहरुले पनि पसलमा समान किन्न आउदा झोला , कट्ठा लिएर आउनुपर्छ ।” नगरपालिकाको निर्णयलाई स्वागत गर्दै बेलौरीका शिक्षक मनिराम भट्टले पुर्ण रुपमा पोलिथिन बन्द गरिनुपर्ने बताउनु भएको छ । शिक्षक भट्ट भन्नुहुन्छ ” पोलिथिन सहित प्लास्टिक पनि बन्द गर्नुपर्छ । झिल्ली , गुट्का, सुर्ती ,मसला लगायतका प्लास्टिकहरुको उचित व्यवस्थापन गरिनुपर्छ ।” प्लास्टिकहरुको उचित व्यवस्थापन नहुदा वातावरण त दुषित भएकै छ ।
नगरपालिका द्वारा तत्कालका लागी कालो पोलिथिनको प्रयोग बन्द गर्ने निर्णय गरेको नगर उपप्रमुख जोगराम चौधरी बताउनु हुन्छ । अन्य पोलिथिन अहिले प्रयोग गर्न पाइनेछ । पहिले कालो पोलिथिन ब्याग बन्द गर्न सफल भयौ भने अन्य पोलिथिन ब्याग पनि बन्द गर्ने तिर लाग्छौ । उप प्रमुख चौधरीका अनुसार ” पोलिथिनको प्रयोगमा प्रतिबन्द गर्न चुनौती धेरै छ । थाहा पाउँदा पाउदै निर्णय गरेका हौ । ” नियमित अनुगमन गर्छौ, अहिले समितिले पूर्णता पाएको छैन । मेरै सयोजकत्वमा अनुगमन समिती बन्छ । दुई चार दिनमै समितिले पुर्णता पाउछ । दोस्रो हप्ता बाट अनुगमन गरिन्छ । “पहिलो पटकमा सम्झाउने बुझाउने गर्छौ ,दोस्रो तेस्रो पटक गरिएको थाहा पाए समान जफत गर्छौ। भनेको नटेर्ने , बारम्बार गल्ती दोहोर्याउनेलाइ कार्वाही गर्ने छौ । ” विशेषगरि कालो पोलिथिन भारतिय बजार बाट आउँछ । भारतिय बजारबाट निर्यात कम गरि यहि उत्पादन गरिने उद्देश्यले पनि यो निर्णय गरिएको चौधरीबताउनु हुन्छ साथै भारतिय बजारबाट पोलिथिन ब्याग आयात बन्द गर्नुस ,कागजका कुहिने खालका पोलिथिन ब्याग उत्पादनका लागि उद्योग खोल्ने इच्छा भएका हरुलाइ नगरपालिकाले पुर्ण सहयोग गर्ने छ।” फोहर व्यवस्थापनको लागि उपयुक्त जग्गा नपाउदा फोहर व्यावस्थापनमा समस्या आएको चौधरी बताउनु हुन्छ ।
बेलौरी रिपोर्टर