Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

पुनर्वासमा युवती बलात्कार आरोपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

hello belauri २०७९, ३२ असार शनिबार ०२:२५ मा प्रकाशित

ज्ञानेन्द्र थापा बेलौरी

कन्चनपुरको पुनर्वासमा युवती बलात्कार आराेपमा सशस्त्र प्रहरीका जवान सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

युवती बलात्कार आरोपमा पुनर्वास नगरपालिका- ९, ख गाउँ बस्ने २४ बर्षिय शुसिल बिष्ट, साेहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र बिओपी कंकडमा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय खेम प्रसाद ज‌ैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पुनर्वास-९ का सुशिल बिष्ट र पुनर्वास-८ घर भएकी २० वर्षिय ती युवती बीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट बुझिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले जानकारी दिए ।

आफ्नो घर धनगढी बताएका आरोपित बिष्टले आफुलाई विवाह गर्ने प्रलोभन देखाई अषाढ २३ गते राती करिब साढे ११ बजेको समयमा पुनर्वास-५ उदरी पुल नजिकैको उखु बारीमा लगि अन्य ३ जना साथीहरुबाट सामुहिक बलात्कार भएको पिडित युवतीको बयानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

अषाढ ३१ गते पिडित युवतीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी दिएपछि उनीहरूलाई तुरुन्त प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आराेपितहरुलाई मेडिकल चेकजाँच गरी जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता भएको र अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखी थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

पुनर्वास बलत्कार घटना

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको