Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

शिक्षक अध्यापन अनुमति पत्र परीक्षाको नतिजा आगामी साउन १५ गतेभित्र सार्वजनिक गर्ने

hello belauri २०७९, ३१ असार शुक्रबार ०७:२० मा प्रकाशित

काठमाडौं

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा आगामी साउन १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही प्राविधिक समस्या नआए आगामी आउन १५ भित्रमा माध्यामिक तह शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गर्नेगरी आयोगले तयारी गरेको आयोगका सूचना अधिकारी तथा उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो  । उहाका अनुसार आयोगले अहिले उत्तरपुस्तिका परीक्षणलाई तिव्रता दिएको छ । ‘हामीले मावि लाईसेन्स परीक्षाको उत्तरपुस्तिका परीक्षणलाई तिव्रता दिईरहेका छौँ’, सूचना अधिकारी मरहठ्ठाले ग्लोब नेपालसँग कुरा गर्दै , ‘केही प्राविधिक समस्या नआएमा छिटोमा आगामी साउन १५ भित्र हामी नतिजा सार्वजनिक गर्छौ ।’ साथै  केही प्राविधिक समस्या आएमा भने नतिजा प्रकाशन गर्ने काम अलि ढिलो हुनसक्ने र कहिले काहिँ प्राविधिक समस्या आउनसक्छ, त्यस्तो आएको खण्डमा साउन अन्तिम सातासम्म नतिजा आउँने  मरहठ्ठा बताउनु हुन्छ ।

शिक्षकसेवा

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको