Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

त्रीनगर भन्सार नजिक हुलाकी राजमार्गमा राखिएको ब्यारियल हट्ने

hello belauri २०७९, ३० असार बिहीबार २०:४७ मा प्रकाशित

धनगढी को त्रीनगर भन्सार नजिक हुलाकी राजमार्गमा राखिएको ब्यारियल हट्ने भएको छ ।

अन्तर्राष्ट्रिय सिमा सरोकार समुहले साउन ४ गते सम्म हुलाकी सडक बाट सिमा नजिक सार्न सोमबार निर्णय गरेको थियो । उक्त निर्णयको लिखित जानकारी त्रिनगर भन्सारका प्रमुख सहित कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइ गराइएको अन्तर्राष्ट्रिय सिमा सरोकार समुहका संयोजक पल्लब राज भट्टले बताउनु भयो । लामो छलफल पछि भन्सार कार्यालय प्रमुखले साउन महिना भित्र उक्त ब्यारियल हुलाकी राजमार्ग बाहिर डोकेबजार नजिकको सिमाक्षेत्रमा सार्ने सहमति भएको छ । भन्सार प्रमुख भट्टको भनाइ अनुसार  “कञ्चनपुरको दक्षिणी क्षेत्रमा आउने जाने सवारि साधनलाई राति सहज गर्ने र यो सङ्गै सिमा सरोकार समुहले साउन ५ गते गर्ने भनिएको आन्दोलनको कार्यक्रम स्थगित हुने बताउनु भयो । साउन महिना भरि ब्यारियल सार्ने समय दिने गरि आन्दोलन स्थगित गरिएको र  ब्यारियल हट्ने सहमति भएपछि कार्यमा सहयोग गर्नुहुने बेलौरि नगर पालिकाका प्रमुख पोतिलाल चौधरी , नगर उप प्रमुख जोगराम चौधरी सहित सिमा सरोकार समुहको कार्यलाई समर्थन गर्नुहुने सबैलाई संयोजक भट्टले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

बेलौरी रिपोर्टर

त्रिनगर भन्सार सिमाक्षेत्र हुलाकी मार्ग

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको