
कैलाली
कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर हुदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको ज्यान गएको हो ।
कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरिया र सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् ।
घाइते दुबैको उपचार दुइ छुट्टाछुट्टै अस्पतालमा भैरहेको छ ।
गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरीको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको र कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको भने नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिनुभयो ।
घाइते रमेश चौधरी मसुरिया स्तिथ पर्फेक्ट मोबाइल ग्यालरीका संचालक हुन् । उनको खुट्टा मा चोट लागेको र हाल कैलाली अस्पताल मा उनको खुट्टा को सल्यक्रिया गर्ने तयारि भइ रहेको उनका मित्र निर्मल शर्माले हामीलाई जानकारी दिएका छन् ।
कैलाली दुर्घटना मोटरसाइकल शंखरपुर