Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालको हार

hello belauri २०७९, २८ असार मंगलवार ०७:५४ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत गएराति भएको वन डे खेलमा  नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।

नामिबियाले दिएको २२१ रनको झिनो लक्ष्य पछ्याउने क्रममा नेपालले ४५.६ ओभरमा १८० रन मात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले भने अभिजित ५० रन  बनाए। त्यस्तै, देव खनालले ३२, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ शेखले १४, सोमपाल कामी र मोहम्मद आदिल आलमले १०-१० रन बनाए।

उनी एकतिर क्रिजमा  जमिरहे भने अर्कातिर लगातार विकेट पतन हुदै  गए।

यसअघि नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको थियो। नामिबियाका लागि जेएन लोफ्टी इटनले ६० रन बनाएका थिए।

नेपालका लागि कप्तान  लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले अर्को खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ।

cricket update

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको