Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

सरकारमा आउन श्रीलंकाका राष्ट्रपतिले गरेको प्रस्ताव विपक्षीद्वारा अस्वीकार

[email protected] २०७९, १२ बैशाख सोमबार ०८:४४ मा प्रकाशित

श्रीलंकाका विपक्षी पार्टीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

देशमा खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक बस्तुको अभाव भएको भन्दै विपक्षीले राष्ट्रपतिको राजीनामा मागेको छ ।

राष्ट्रपतिले पूर्ण मन्त्रिपरिषद् नियुक्त नभएसम्म संसदको वैधानिकता र स्थायित्व कायम राख्न चार मन्त्रीहरूको नाम तोकेका छन् ।

विदेशी मुद्रा संकट र भुक्तानी सन्तुलनको समस्याले उत्पन्न आर्थिक अवस्थालाई गलत ढंगले व्यवस्थापन गरिएको भन्दै सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले कफ्र्यु घोषणा गरेको थियो ।

आर्थिक संकटको विरोधमा उत्रिएका सर्वसाधारण नागरिकले केही दिनअघि राष्ट्रपतिको निवासअगाडि प्रदर्शन गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको