
ज्ञानेन्द्र थापा बेलौरी: कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बेलौरीबाट प्रहरी वरिष्ठ हवल्दार दिपक चन्दको कमाण्डमा खटिगएको ०४ जना प्रहरीको टोलीले बेलौरी नगरपालिका वडा नम्बर ०८ कालोपुलमा भारतिय सिमानाकाबाट साईकलमा नेपाल तर्फ आईरहेको अवस्थामा दिनेश चौधरीलाई संका लागी शरिरको खानतालासी गर्दा साईकलको सिटकभर मुनी लुकाईएको अवस्थामा १०.७२ ग्राम लागुऔषध खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ फेला पारि ३ जनालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ०८ कलकत्ता बस्ने २३ वर्षिय दिनेश चौधरी, शुक्लाफाटा नगरपालिका वडा नम्बर ०२ बस्ने २५ वर्षिय सञ्जु सार्की र शुक्लाफाटा नगरपालिका वडा नम्बर ०३ बस्ने २५ वर्षिय प्रबेश धामीलाई प्रक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी निरिक्षक दान सिह भण्डारीले बताउनुभयो । यस्तै धामीले चलाएको सु.प्र.प्र.०२००३ प ३९९३ नम्बरको एन.एस मोटरसाईकल र चौधरीले चलाएको साईकल पनि बरामत गरिएको छ । भारतिय सिमानाकाबाट साईकलमा नेपाल तर्फ आईरहेको अवस्थामा पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बेलौरीका प्रहरी निरिक्षक भण्डारीले बताउनु भएको छ ।