Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना

hello belauri २०७९, ९ जेष्ठ सोमबार १०:०७ मा प्रकाशित

प्रकाश आचार्य सुर्खेत: कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालका रुपमा रुपान्तरण गर्न प्रदेश सरकार लागिरहेको दाबी गरे ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले केन्द्र स्थापनासँगै अब रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिन अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरेको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको