Logo
08 Aug 2022    २०७९, २३ श्रावण सोमबार

ताजा खबर

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु  ” बेलौरी एमाले नगर कमिटिमा राजनितिक ब्याटल” बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ टिकटक बनाउने क्रममा वेपत्ता भएका युवा मृत फेला यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध थाल ठटाएर विरोध

अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य भइयो – खेलाडी

hello belauri २०७९, १५ बैशाख बिहीबार २०:१९ मा प्रकाशित

हेल्लो बेलौरी समाचारदाता

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताएका छन् ।

 

विद्रोह गरेका खेलाडीहरुले आज पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरुले बताएका हुन् ।

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मङ्गलबार प्रशिक्षण क्याम्प छाडेका थिए।

 

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । छलफलपछि प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न भनेपछि खेलाडीले क्याम्प छोडेका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले बताए ।

 

त्यस्तै रोहित चन्दले आफूहरुले प्रशिक्षक हटाउनुपर्छ नभनेको तर प्रशिक्षक अलमुताइरीको नेतृत्वमा खेल्न गाह्रो हुने बताए ।

 

त्यस्तै विशाल राईले रोहित चन्दलाई टिममा राख्नुपर्छ भनेर आफूहरुले होटल छाडेका होइन भन्दै खेलाडीको सुविधाको विषयमा कुरा उठाएकाले आफूहरु पनि त्यसमा सहभागी भएको बताए ।

त्यस्तै खेलाडीहरुले राष्ट्रका लागि खेल्नु आफ्नो दायित्व रहेको र त्यसमा नपन्छिनेसमेत बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको