२०२६ पौष १७, बिहिबार
हेल्लो बेलौरी मिडिया प्रा. लि.
दर्ता नंः अपडेट हुदैछ...
प्रवन्ध निर्देशक: ज्ञानेन्द्र थापा
सम्पादक: दिपक थापा
कार्यालय: बेलौरी न.पा १ मटैया, कञ्चनपुर,नेपाल
टेलिफोन: +9779843430335
ईमेल ठेगाना: belauriexpress@gmail.com

बैतडी बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार हुँदै

  • हेल्लो बेलौरी
  • २०८२ माघ २६, सोमबार ११:१५ गते

ज्ञानेन्द्र थापा बेलौरी : माघ २३ गते बिहिवार बैतडीको पुर्चौडी-७ मा भएको जन्तीको बस दुर्घटनाका २५ जना घाइतेको धनगढीमा उपचार भइरहेको छ। दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए।

घटनामा ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र पाँच जनाको उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

घाइते मध्ये सामान्य घाइतेको कोटिला स्वास्थ्य चौकी, चार जनाको बझाङको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र र बाँकी घाइतेलाई डडेल्धुरा अस्पताल रिफर गरिएको थियो।

डडेल्धुरा अस्पतालमा भर्ना भएका मध्ये २७ जनालाई थप उपचारका लागि धनगढीको निसर्ग हस्पिटलमा रिफर गरिएको हो। घाइतेहरूलाई विभिन्न मितिमा निसर्ग ल्याइएको हो।

अस्पतालका अनुसार सोमबारसम्म प्रतिभा जोशी र प्रवेश जोशीलाई रिफर गरिएको हो र केही बिरामी आइसियूमा छन्।

+ posts
ट्रेण्डिङ